रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबारमा सुधार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५९ कम्पनीको १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको ३८ लाख ३२ हजार ४५९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । विहीवार १ अर्ब २३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ३.०३ प्रतिशतले घटेको छ ।

उच्च अंकले घटेको बजारमा आज सामलिङ पावर कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, आदर्श लघुवित्त ७.५४, खप्तड लघुवित्त ७.४२, उन्नति सहकार्य लघुवित्त ६.९६, ग्लोबल आइएमई लघुवित्तको शेयर ६.१७ प्रतिशतले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे ५ करोड र एशियन लाइफ इन्स्योरेन्सको प्रमोटर शेयर पौने ४ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here