ग्लोबल आइएमई बैंकका ४ शाखा गाभिँदै, अब यी ठाउँबाट हुनेछ कारोबार

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ४ शाखा कार्यालय गाभ्ने भएको छ ।

साविकको बैंक अफ काठमाडौं (बीओके)लाई गाभेर पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको ग्लोबलले एकै स्थानमा दोहाेरिएका शाखा कार्यालय गाभ्न लागेको हो ।

बैंकले लमजुङका २ वटा र काठमाडौंका २ वटा शाखा गाभेर एउटै शाखाबाट कारोबार गर्न लागेको हो । लमजुङको सुन्दर बजार नगरपालिका वडा नं. ७ मा रहेको साविकको बीओकेको शाख अब ग्लोबल आइएमईको मिलनचोक वडा नं. ६ बाट कारोबार गर्ने भएको हो ।

यस्तै, काठमाडौंको अनामनगरमा रहेका दुई शाखा गाभेर एउटै शाखाबाट कारोबार गर्ने भएको हो ।

समायोजन तथा स्थानान्तरण भएका शाखा कार्यालयबाट फागुन २८ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here