एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई ७–० ले हराएको छ ।
लिभरपुलले पहिलो हाफमा १-० को मात्र अग्रता लिएपनि आक्रमणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसै लयलाई दोस्रो हाफमा निरन्तरता दिँदै टोलीले ६ गोल थप्यो ।
इंग्लिस फुटबलका दुई सफल क्लबबीचको खेलमा अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित निकालेको हो । त्यस अगाडि युनाइटेड सन् १९३१ मा उल्भ्ससँग ७–० ले पराजित भएको थियो ।