लिग टु: नेपाललाई यूएईसँग जित्नै पर्ने दबाब

काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । यूएईको भ्रमणमा यो नेपालको अन्तिम खेल हो।

अघिल्लो म्याचमा नेपाल युएइसँग पराजित भएको थियो। यही भ्रमणमा पीएनजीविरुद्ध दुवै खेल जितेको नेपालले यसपछि बाँकी चार खेल नेपालकै घरेलु मैदानमा खेल्नेछ, जसमा पनि यही दुई टिम बाँकी छन्। आजको खेलका लागि लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्वपूर्ण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here