‘छक्का पञ्जा–४’ले कमायो तीन दिनमा ४ करोड

काठमाडौं । ‘छक्का पञ्जा–४’ले घरेलु बक्स अफिसमा पहिलो साताम आक्रामक कमाइ गरेको छ । शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्रले तीन दिनमा ४ करोडको व्यापार गर्दै आर्थिक रुपमा चलायमान बनाएको छ ।

सोमवार फागूपूर्णिमा र बुधवार नारी दिवसको बिदा परेकोले कमाइमा थप उछाल आउने अनुमान गरिएको छ । यही फागुन १९ बाट देशभर लागेको चलचित्र ‘छक्कापञ्जा ४ ’ ले सुरुको दिनमा ५० प्रतिशतमात्र अकुपेन्सी आगेटेका हलहरूमा समेत अहिले चलचित्र हाउसफुल छ ।

चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here