चन्द्र भण्डारीको सबै स्वास्थ्य पारामिटरहरु सामान्य, भेटघाटमा कडाइ

काठमाडौं । ग्यास सिलिण्डर चुहिएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीलाई औषधिले धेरै राम्रो काम गरिरहेको छ । अहिले सबै स्वास्थ्य पारामिटरहरु सामान्य छन् ।

सोमबार ड्रेसिङ गर्ने तयारी गरिएको छ । कलमी छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ । स्थ्यास्थ्यमा सुधार भइरहेको छ । डाक्टर र अस्पताल प्रशासन द्वारा आगन्तुकहरूलाई कडाइका साथ निषेध गरिएको छ।

फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here