नेपाल लिग- २ को पाँचौं स्थानमा उक्लियो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत आज सम्पन्न त्रिदेशीय एकदिवसीय श्रृंखलामा यूएईलाई ४२ रनले पराजित गर्दै नेपाल पाँचौं स्थानमा उक्लिएको छ ।

लिग- २ मा ३६ खेलमध्ये ३२ खेल खेलिसकेको नेपालले बिहीबारदेखि घरेलु मैदानमा लिगको अन्तिम तथा निर्णायक श्रृंखला खेल्नेछ ।

घरेलु मैदानमा आयोजना हुने श्रृंखलामा नेपालले क्लिनस्विप गर्नसके ३६ खेलबाट ४० अंक बनाउनेछ । नेपालले चार खेल खेल्न बाँकी छ।

बाँकी सबै खेल जिते नेपालको ४० अंक हुनेछ र नेपाल उत्कृष्ट तीनभित्र रही विश्वकप छनोट प्रतियोगितामा पुग्नेछ। बाँकी चारमध्ये दुई खेल जितेको अवस्थामा नेपाल चौथो स्थानमा उक्लिनेछ र एकदिवसीय मान्यता कायम राख्न सफल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here