स्वदेशी लगानीको ठूलो आयोजना सोलुखोला जलविद्युतको प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८६ मेगावाटको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजनाको आज उद्घाटन गर्ने भएका छन् ।

मंगलवार अपराहन्न ४ बजे सोलुखम्बुमा हेडवर्क्स सोलु दूधकुण्ड नगरपालिका र पावर हाउस (विद्युत गृह) थुलुङ दूधकोशीगाउँपालिकामा रहेको आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो। एक महिनाअघि नै राष्ट्रिय प्रणालीमा जोडिएको आयोजना सोलुखुम्बुमा निर्माण भएको छ।

सोलुदूधकण्ड नगरपालिका ११ स्थित सोलुखोलाको पानी ४ हजार ६ सय ७९ मिटर लामो सुरुङ मार्ग र १९ सय ३८ मिटर लम्बाईको पाईप लाईन मार्फत थुलुङ दूधकोशी ३ मैकुबेसीमा खसाई ८६ मेगावाट विद्युत उत्पादन गरिएको हो।

यो आयोजनाले बार्षिक ५२०.२० गिगावाट घण्टा (सुक्खा १००.२७ गिगावाट आवर र बर्खामा ४१९.९३ गिगावाट आवर) उत्पादन गर्न सक्छ। यो आयोजना स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गरेको अहिलेसम्म ठूलो आयोजना हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here