मनकामना मन्दिरमा परेवा उडाउन पूर्ण रुपमा रोक

काठमाडौं । मनकामना मन्दिरमा परेवा उडानका लागि कडाई गरेको छ ।

परेवाका कारण मन्दिर वरपरको क्षेत्र दुर्गन्धित र फोहोर भएको हुने, मन्दिरमा चढाइएको परेवा अत्यधिक मर्ने गरेकोले ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने मनकामना विकास समितिले निर्णय गरेको छ।

यसअघि ०७२ सालमा गएको बिनाशकारी भूकम्प पछि मन्दिरको जिर्णोद्वार गर्दा मन्दिरको छाना सुन हालिएको र परेवाको दिशाले छानाको रुपलाई असर गर्ने भए पछि परेवा उडाउन रोक लगाइएको थियो । ‘परेवाको उचित बासस्थान नभएकोले परेवा नउडाउन’ भन्दै ‘तिर्थयात्रीले लिएर आएका परेवा केही दिन मित्रै मर्दा ब्यवस्थापनको समस्या समेत हुँदै आएको छ ।

उक्त क्षेत्रमा अहिले पनि जोडी परेवाको ५०० देखी २ हजार रुपैयाँसम्म बिक्री हुदै आएको छ । यो हप्ताभरी अभियान अन्तरर्गत मनकामना मन्दिरमा आउनेहरुलाई ‘मनकामनामा परेवा लैजान पुर्णरुपमा निषेध’ भनिएको पर्चा बितरण गरिने र अर्को हप्ताको आइतबारबाट परेवा लिएर आएको खण्डमा फिर्ता गर्ने तयारी थालेको हो ।

अभियानलाई सफल पार्न भिजिट मनकामनाले मनकामना दर्शन प्रालिलाई समेत पत्राचार गरेर केबलकारमा यात्रा गर्ने जो कोहीलाई पनि मनकामनामा परेवा लैजान निषेध गर्न अनुरोध समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here