मोडल अञ्जली लामाको अभिनय रहेको ‘अप्लज’ओस्कार अवार्डमा मनोनित

काठमाडौं । नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाको अभिनय रहेको फिल्मको गीत अप्लज ओस्कार अवार्डमा मनोनयनमा परेको छ ।

फिल्म ‘टेल इट लाइक अ वुमन’को गीत ‘अप्लज’ यस वर्षको ओस्कार अवार्डको मौलिक गीत विधामा मनोनयन भएको हो ।

मंगलबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ । गीतमा भारतीय अभिनेत्री ज्याकलिन फर्र्नान्डेजले पनि अभिनय गरेकी छिन् ।

पुरुषको रुपमा जन्मेर महिला बनेकी अञ्जली तेस्रोलिंगी समुदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने पहिलो मोडल हुन्। उनी २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा उत्कृष्ट २० सम्म पुगेकी थिइन्।

‘ल्याक्मे फेसन शो’ ले उनलाई नेपालको पहिलो ट्रान्सजेन्डर मोडलको रुपमा चर्चा दिलाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here