शेयर बजारको ओरालो यात्रा रोकियो, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । एक सातादेखि लगातार ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १४.४१अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५९ कम्पनीको १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको ४० लाख ५९ हजार १४९कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये २ वटाको घटेको छ भने अन्यको बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सुभम पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशत र सुपर मादीको ९.९७ प्रतिशतले बढेको छ ।

आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी साल्ट टेडिङ कर्पोरेसनको भएको छ । यसको आज १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्ट्रीलरीको ९ करोड ३९ लाख र छिमेकी लघुवित्तको ५ करोड ४४ र शिवम् सिमेन्टको ३ करोड ११ लाख बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here