अन्तर्राष्ट्रिय महिला दिवस, आज सार्वजनिक बिदा

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रको आयोजना गर्दै मनाइदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here