काठमाडौं । सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रियगोष्ठी शुरु भएको छ । बुधबारदेखि काठमाडौंमा सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिए ।
सञ्चालकहरुले बदमासी गरे त्यसको प्रतिवाद व्यवस्थापकहरुले गर्नुपर्ने समेत वक्ताहरुले सुझाव दिएकाछन् । कार्यक्रममा बोल्ने अधिकांश सहकारीकर्मीहरुले सरकारले बचतको सीमा २५ लाख तोक्न लागेकोप्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीको सुशासनका लागि स्पष्ट ऐन कानुको आवश्यक पर्ने र त्यसका लागि सरकार तयार हुनुपर्ने बताए ।
‘देशमाआर्थिक समस्यामा आइरहेको छ, सहकारी र लघुवित्तमा चरम समस्या छ । के कारणले यस्तो समस्या आइरहेको हो ?किन वित्तीय सुशासन छैन ? सरकारको ध्यान जानु जरुरी छ’ सभामुख घिमिरेले भने, ‘सरकारले आवश्यक कानुनका लागि तयारी गरोस् यसमा सहयोग गर्न म तयार छु ।’
सोही अवसरमा सभामुख घिमिरेले सहकारी गाउँगाउँमा गरिब किसानहरुको साना सानापुँजी संकलन गरेर वित्तीय उपार्जनमा लगाउने सामाजिक संस्था भएकाले यस्तो संस्थालाई बचाउनु सबैको दायित्व भएको समेत बताए ।
‘उत्पादन, रोजगारीबाट गरिबी हटाइ समाजवादउन्मुख समाजवाद स्थापना सहकारीबाट हुने भएकाले यसतर्फ सरकारको यथोचित ध्यान पुगोस् भन्ने मलाई लाग्छ’उनले भने, ‘तर पछिल्लो समय सहकारीको माध्यमबाट ठगी गर्ने प्रवृति बढ्दै गएकाभन्ने गुनासाहरु सुनि राखेकाछौं । यस्तो कार्याललाई नियन्त्रण गर्न आवश्यक छ ।
सरकारले यसको अनुगमनगर्नुपर्यो रदेखा परेका समस्या समयमै समाधान गर्नुर्यो’ उनले भने । सोहीअवसरमा सभामुख घिमिरेले ७ खर्ब भन्दाबढी रकम परिचालन गर्ने सहकारीलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक भएको समेत बताए । सम्पत्ति शुद्धीकरणको हिसाबले सहकारीमा अवैध धन हुन्छ भन्दै बचतमा २५ लाखको सीमाको कुरा आएको बताउँदै घिमिरेले सो क्षेत्रमायस्तो हुँदैन भनेर ग्यारेन्टीगर्न सके त्यो सीमाहट्न सक्ने बताए ।
कार्यक्रमम सहकारी महासंघकापूर्व अध्यक्षएवम् पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा प्रविधि अत्यावश्यक भएको बताए । कुनै पनि समुदायपछि पर्न नहुने र त्यसकालागि सहकारीले सहयोग गर्नुपर्ने उनले बताए ।
‘सहकारीमा गैरकानुनी मुद्रा प्रयोग होस् भन्ने हामीपनि चाहदैँनौं, सहकारीमा कालोधन छ भन्ने भ्रम फिजाइएको छ’उनले भने, ‘सहकारीको मूल्य, मान्यतामा नचलेका सहकारीमा समस्या आएको हो ।
सहकारीमा २५ लाखको सीमा कुनै पनि कारणले उचित छैन यसको कार्यान्वयन हामीलाई मान्य छैन । यो प्रावधान तत्काल हटाइयोस्’ उनले भने । जहासम्म सहकारीमा समस्याको विषय छ, संघ संस्थाहरु ऐन नियम, विनियम अनुसार चले समस्या नआउने बताउँदै उनले त्यसका लागि संघ संस्थाका व्यवस्थापकहरु चनाखो हुनुपर्ने बताए ।
जहासम्म सहकारीमा समस्याको विषय छ। संघ संस्थाहरु ऐन नियम, विनियम अनुसार चले समस्या नआउने बताउँदै उनले त्यसका लागि संघ संस्थाका व्यवस्थापकहरु चनाखो हुनुपर्नेमा भने बडालले सचेत बनाए ।
यस्तै भनाई राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले स्वनियमनमा चलेको सहकारीमा समस्या नरहेको बताए । धैरै सहकारी सहकारीको रुपमा सञ्चालन नभएर बैंकसँग प्रतिष्पर्धा गर्ने छन । जसले यस क्षेत्रमा समस्या निम्तेको छ । नीति, नियम कार्यान्वयन गर्ने व्यवस्थापक नै भएकाले बढी जिम्मेबार हुनुपर्ने दवाडीको जोड छ ।
उद्यमी बन्न ऋण प्राथमिकता दिनुपर्छ । घरघडेरीमा गरिने ऋण लगानीलाई कडाइ गर्नुपर्छ । चलायमान हुने ठाउँमा मात्र ऋण दिए आर्थिक रुपान्तरण हुने छ । सहकारी संस्थामा हुने बचतमा समस्या छैन। त्यसको व्यवस्थापनमा समस्या हो । त्यसैले बचतमा मात्र होईन ऋणमा पनि क्यापिङ गरौं ।
सहकारीमा सम्पत्ति शुद्धीकरणको समस्या हुँदैन भन्ने ग्यारेन्टी भए बचतको सीमामा पुनर विचार हुनसक्ने भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले बताए । सहकारीमा केही चुनौती थपिएका छन् । सहकारी तीन तहमा गए पनि तल संरचना बन्न नसक्दा समस्या देखिएको छ । सहकारीकर्मीहरु सचेत भए वित्तीय सुशासन कायम गर्ने हो भने समस्या न्यूनिकरण हुने उनको भनाई छ ।
वास्तवमा सहकारीमा समस्या छैन । सहकारीको नाममा गलत काम गरेकाले समस्या निम्त्याएको सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेको भनाइ छ ।
देशैभरी सेवाकेन्द्र खोलेर बजार प्रतिनिधि चिनेको भरमा करोडौं बचत राख्ने गरिएको छ । लगानी आफ्नो स्वार्थ अनुकुल खोलिएका कम्पनीमा भएको छ । विश्वमै आएको समस्या नेपाली वित्तीय क्षेत्रमा पर्नुु स्वभाविक भए पनि सहकारीमा त्यसको असर नपरेको उनले बताए ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौडेले सहकारीका चालक (व्यवस्थापक) हरु सक्षम भए संस्थाहरु दुर्घटनामा नपर्ने बताएका छन ।