काठमाडौं महानगरलाई नै कार्यालय भवन पाउन मुस्किल

काठमाडौं । व्यवसायिक क्षेत्रमा सरकारी कार्यालयलाई ठाउँ दिँदा भाडा थोरै आउने, त्यही ठाउँलाई व्यवसायीले धेरै भाडा दिने भएपछि काठमाडौं महानगरपालिकाको भित्री सहरी क्षेत्रमा कार्यालय सञ्चालनका लागि भवन पाउन कठिन देखिएको छ ।

महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा वडा कार्यालयमा उपलब्ध भौतिक संरचनाको स्थलगत अवलोकनका क्रममा यस्तो अवस्था पाइएको हो ।

मंगलबार वडा १२, १७, १९, २०, २१ र २५ गरी ६ वटा वडाको निरीक्षण गरेको थियो । वडा १२,२५ अहिले भाडाको भवनमा बसिरहेको छ । वडा १९ यति साँघुरो भवनमा छ वडा २४ एक तला एउटा कोठा भएको भवनबाट सेवा दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here