महिला दिवसको अवसरमा दश उद्यमी महिला सम्मानित

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका कार्यालयले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरका उद्यमी महिलाहरुलाई सम्मान गरेको छ् । ‘लैगिंक समानताको बलियो आधार : सृजनात्मक प्रवधीमा महिला पहुँचको बिस्तार’ नारा सहित १ सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिका कार्यालयले नगरपालिका क्षेत्रका १० जना उद्यमी महिलाहरुलाई सम्मानित गरेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जनाएका छन् ।

ब्यापार, कृषी क्षेत्रमा राम्रो कार्य गरेको भन्दै नगर क्षेत्रका १० जना उद्यमी महिलाहरु सम्मानित भएका हुन् । उनिहरुलाई प्रमाण पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मान हुनेमा दिब्या भट्ट, लक्ष्मी पुजारा, मञ्जु कुमार भण्डारी, कौशिला दमाई, अमृता बुढाथोकी, लक्ष्मी देबी औजी, मञ्जु सुनार आग्री छली कुमार खत्री, रोकाया, राधा बराल, रञ्जु बम गिरी रहेका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिभिन्न सास्कृती कार्यक्रम तथा जनचेतनामुलक गितहरु प्रस्तुत गरिएको छ् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दोधारा चाँदनी– १० ओंमकार आधारभुत बिद्यालयको मोटरसाईल, ट्याक्टर र्‍याली आमभोज बजार, बाबाथान बजार, हेल्थपोष्ट बजार, चाँदनी बजार हुदै साबिकको चाँदनी गाबिसको प्रांगणमा पुगेर कोण सभामा परिणत भएको थियो ।

र्‍यालीमा बिभिन्न जनचेचनामुलक नारा बाचन, पम्पलेट प्रदर्शन गरिएको थियो । बिगतका तुलनामा यस वर्ष दोधारा चाँदनी नगरपालिका कार्यालय धुमधाम संग अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हो । बक्ताहरुले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना आदान प्रदान गरेका छन् ।

महिलाहरु चुल्हा चौका मात्रै सिमित नरहि पुरुष सरह कार्यमा लाग्नु पर्ने माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनीमा गठन भएको सुरक्षित संजालका संयोजक खिमा चन्दले बताएका छन् ।

‘अब महिलाहरु पुरुष सरह काम गर्न सक्ने हामीले देखाउनु पर्छ’ सुरक्षित संजालका संयोजक खिमा चन्दले भने । माईती नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत संस्थाको सहकार्यमा दोधारा चाँदनी नगरपालिकामा अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालबालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले महिलाहरुलाई आत्मनिर्भर बनाउन दोधारा चाँदनी नगरपालिका कार्यालय कटिबद्ध रहेको बताएका छन् । गाँउ बस्तीमा रहेर पहुच नभएका महिलाहरुलाई बिकासको मुलधारमा ल्याउने काम नगरपालिका कार्यालयले गर्दै आएको बताउदै आगामी बजेटमा समेत महिलाहरुलाई शिक्षित तथा आत्मनिर्भर बनाउन योजना बनाईने मेयर लिम्बुले बताएका छन् ।

कार्यक्रमा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, वडाध्यक्ष पदम रावल, हरिसिंह धनाडी, ओंम बस्नेत, अधिकारकर्मी मथुरा पन्त, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई बिर बहादुर सुनार, सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्द, माईती नेपाल कञ्चनपुरका लक्ष्मी थापा गुरुङ्ग, सिता क्षेत्री, महिला अधिकारकर्मी तथा वडा सदस्य कमला उपाध्याय लगाएत संघ, संस्था तथा महिला अधिकारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here