फेरी घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

फाइलफोटो

काठमाडौं,२५ फागुन । बिहीबार स्थानीय बजारमा सुनको भाउ तोलाको ५ सय रुपैयाँले घटेको छ । आज सुनको कारोबार मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ निर्धाण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तोलामा १ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला एक हजार २ सय २० रुपैयाँ कायम भएको छ।

बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here