तामाकोसी–काठमाडौं प्रसारणलाइन असारभित्र निर्माण सम्पन्न गर्न निर्देशन

काठमाडौं, २५ फागन । नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०\४०० केभी प्रसारणलाइन आयोजना आगामी असारभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ । प्राधिकरणले ठेकेदारहरुलाई असारसम्मको समयसीमा दिएको हो ।

आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारणलाइन र बाह्रबिसेमा २२०\१३२\११ केभी सबस्टेसन निर्माणाधीन छन् ।

लप्सीफेदीमा ४००\२२०\ १३२\११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजना अन्तर्गत बाह्रबिसे सबस्टेसनको बुधबार अनुगमन भ्रमणका क्रममा यस्तो निर्देशन दिएका थिए ।

टोलिले प्रसारण लाइन र सबस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here