पीएनजीलाई नेपालले दियो कीर्तिमानी लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत त्रिदेशीय सिरिजमा घरेलु टोली नेपालले पपुवा न्युगिनीलाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन बनाएको थियो भने यो नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो रन हो ।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ११० रनको साझेदारी बनाए।

शेखले शतकीय पारि खेल्दा भुर्तेलले ४५ बनाए। अर्धशतक बनाउन भुर्तेल ५ रनले चुके। भुर्तेलपछि आएका कुशल मल्लले २ र ज्ञानेन्द्र मल्लले १२ रनमात्र बनाउन सके।

ठूलो साझेदारी बन्न नसकिरहेको बेला आएका कप्तान रोहित कुमार पौडेलले ३० रन बनाउँदा भीम सार्कीले ४४ रन बनाए।त्यस्तै आरिफ शेखले १५, करण केसीले ८ तथा सन्दीप लामिछानेले ७ रन बनाए।

बलिङतर्फ पीएनजीका सेमो कामियाले सर्वाधिक ५ विकेट लिँदा रिले हेकुरेले ३ र अलेइ नाओले १ विकेट लिए। पीएनजी केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here