मापदण्ड विनै निजी डेरीले तोके दुग्ध पदार्थको मनोमानी मूल्य

काठमाडौं । सरकारले किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैयाँले वृद्धि गरेको एक सातापछि निजी डेरीहरुले दुग्धजन्य पदार्थको मनोमानी मूल्य तोकेका छन् ।

कुनै मापदण्ड विनै दूधको मूल्य लिटरमै १४ रुपैयाँ, दही २५ रुपैयाँ, पनिर किलोमा १४० रुपैयाँ र घिउको मूल्य लिटरमा २०० रुपैयाँले बढाएका छन् । नयाँ मूल्यवृद्धि पछि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर १०० रुपैयाँ पुगेको छ ।

यस्तै दहीको मूल्य एक लिटको १९० रुपैयाँ पुगेको छ भने पनिरको मूल्य प्रति ८४० रुपैयाँ र घिउको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here