सी चिनफिङ तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन् । शुक्रबार १४ औं चिनियाँ जनकंग्रेस (एनपीसी)को जारी अधिवेशनले उनलाई राष्ट्रपतिमा निर्वाचित गरेको हो।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको अन्तरराष्ट्रिय समाचार एजेन्सिहरुले जानकारी दिएका छन् ।

त्यस्तै एनपीसीले उनलाई चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here