एसएसडीआरसी १ लाख ११ हजार नगद सहित सम्मानित

काठमाडौ । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) डा. लक्ष्मी नारायण किरणमयी स्मृति पुरस्कार-२०७९- बाट सम्मानित भएको छ ।

नगद रु १ लाख ११ हजार १ सय ११ को पुरस्कार सहित विशेष स्कुलको संस्थापक/अध्यक्ष सबिता उप्रेतीलाई दोसल्ला तथा ताम्रापत्र सहित वरिष्ठ पत्रकार भैरव रिसाल तथा स्मृति पुरस्कार स्थापना गर्ने परिवारको सदस्यहरुको हातबाट सम्मान गरिएको छ । पुरस्कार इम्प्याक्ट नेपालको २७ औं वार्षिक साधारण सभाको अवसरमा प्रदान गरिएको हो ।

नेपालमा रहेका अटिजम अपांगता भएका व्यक्तिहरुको सम्मानजनक जीवनयापनको लागि जनचेतना, शिक्षा , पुनर्स्थापना, सबलिकरण तथा हकहितको लागि सेवा तथा बहस, पैरवी लगाएतको माध्यमहरुबाट समाजमा पुर्याएको अमुल्य योगदानको उच्च मुल्यांकन गरि एस एस डि आर सि लाई उक्त पुरस्कार सम्मानित गरिएको कुरा इम्प्याट नेपाल कोषध्याक्ष राजन बहादुर राउतले बताउनु भयो ।

उप्रेतीले पुरस्कारको लागि छनौट गरि हौसला प्रदान गर्नु भएकोमा पुरस्कार छनौट समिति र इम्प्याक्ट नेपाल प्रती धन्यवाद व्यक्त गर्दै जिम्मेवारी थपिएको र उक्त पुरस्कारको रकम SSDRC गोठाटारको भवन निर्माणमा प्रयोग गरिने बताउनु भयो ।

इम्प्याक्ट नेपालको अध्यक्ष प्रा. डा. राकेश श्रीवास्तवको सभापतित्व र प्रमुख अतिथि सिके लाल लगाएत विशिष्ठ व्यक्तिहरुको समुपस्थिती कार्यक्रम भएको थियो ।

डा.लक्ष्मी नारायण किरणमयी स्मृति पुरस्कार नेपालका सुबिख्यात नेत्र कान नाक् घाँटी बिशेषज्ञ तथा उहाको अर्धाङ्गिनि किरणमयी प्रसादको स्मृतिमा उहाको परिवारले स्थापना गरेको पुरस्कार हो।

नेपाल रेडक्रस सोसाईटीको ब्लड ट्रान्सफ्युजन सेन्टरको स्थापना नेपाल अन्ध अपाङ्ग संघको स्थापनामा स्व.डा.लक्ष्मी नारायणको योगदान अतुलनिय छ।

उहाँले तत्कालिन नेपाल अन्धा कल्याण संघ (हाल नेपाल दृष्टी बिहिन कल्याण संघ), बीपी नेत्र प्रतिष्ठान, इम्प्याक्ट नेपाल जस्ता संस्थाहरुको संस्थापक अध्यक्षको रुपमा स्थापना गरेर अपाङ्गताको रोकथाम उपचार तथा पुनर्स्थापनमामा अहम भूमिका निर्वाह गर्नु भएको छ।

स्व.डा.लक्ष्मी नारायण तथा उहाँको धर्मपत्नी किरणमयीको स्मृतिमा अपाङ्गताको क्षेत्रमा बिशिष्ट र उल्लेख्य कार्य गर्ने संस्था वा व्यक्तिलाई एकलाख एघार हजार एक सय एघार रुपैया राशिको यो पुरस्कार प्रत्येक ३ वर्षमा प्रदान गरिन्छ। यसपटक उक्त पुरस्कार अटिजम विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रलाई प्रदान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here