दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ६६ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६० कम्पनीको १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५१० रुपैयाँ बराबरको ४७ लाख ७२ हजार १४० कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । विहीवार १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here