देशका केही भागमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

आज बिहान देशको पहाडी भू–भागका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here