आरआरआरको नाटु नाटु गीतलाई ओस्कार अर्वाड

काठमाडौं । तेलुगु भाषाको हिट फिल्म आरआरआरको नाटु नाटु गीतले ओस्कार जित्ने पहिलो भारतीय फिल्म गीत बनेर इतिहास रचेको छ।

ब्लकबस्टर ट्र्याकले लेडी गागा र रिहाना जस्ता हेवीवेटहरूलाई पछि पार्दै ९५ औं एकेडेमी अवार्डमा उत्कृष्ट मौलिक गीत जितेको हो ।

यसको आकर्षक टेम्पो र कोरियोग्राफीले विश्वभरका दर्शकहरूलाई मोहित बनाएको देखिएको छ।

अवार्ड ग्रहण गर्दै संगीतकार एमएम कीरावानीले गीत हरेक भारतीयको गौरवदभएको बताए।

उनले भने कि उनी द कारपेन्टर्स ( एक अमेरिकी संगीत जोडी ( को गीतहरू सुनेर हुर्केका थिए र उनको बाँकी भाषण उनीहरूको हिट गीत टप अफ द वर्ल्डको धुनमा गाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here