‘एभ्रिथिङ एभरिवेयर’लाई सर्वश्रेष्ठ फिल्मको ओस्कार अवार्ड

काठमाडौं । यसवर्षको ९५ औं ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ ले सर्वोत्कृष्ट फिल्मको अवार्ड पाएको छ । नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्ड समारोहमा सो फिल्मले मौलिक पटकथा र निर्देशकसहित सात विधामा पुरस्कार जितेको हो ।

फिल्ममा चिनियाँ(अमेरिकी लाउन्ड्री ब्यवसायको मालिक र उसको संघर्षको कथा प्रस्तुत गरिएको छ ।

त्यस्तै ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’बाट अभिनेत्री मिसेल योह ओस्कारमा सर्वश्रेष्ठ अभिनेत्री बनेकी छिन् ।
उनी यो विधा जित्ने पहिलो एसियाली अभिनेत्री तथा दोश्रो गैरस्वेत हुन् ।

सर्वश्रेष्ठ फिल्मसँगै सर्वश्रेष्ठ अभिनेत्री , सर्वश्रेष्ठ निर्देशक सर्वश्रेष्ठ सम्पादन तथा सर्वश्रेष्ठ मौलिक पटकथा तथा सहअभिनेताको अवार्ड पाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here