दुई दिनमै २३ सय रुपैयाँले बढ्यो सुनको भाउ

फाइलफोटो

काठमाडौं । अमेरिकी लगानीकर्ताहरुले सुनमा लगानी बढाउन थालेपछी त्यसको असर सुनको भाउमा देखिएको छ । अमेरिकाको सिलिकन भ्याली बैंक डुबेपछि लगानीकर्ताहरु बैंकबाट निक्षेप झिकेर सुनमा लगानी बढाएका छन् । त्यसको प्रत्यक्ष असर अन्तरराष्टिय तथा नेपाली बजारमा समेत देखिएको छ ।

साताको पहिलो दुई दिनमै २३ सय रुपैयाँले मूल्य बढेको छ । आज सुनको भाउ प्रतितोला ६ रुपैयाँले बढेर १ लाख ४ हजार १ सय रुपैयाँ पुगेको छ ।

आज तेजावी सुनको मूल्य १ लाख ३ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।

आइतबार तोलामा १७ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख तीन हजार ५ सय रुपैयाँ पुगेको थियो ।

अमेरिकाको सिलिकन भ्याली बैंक डुबेपछि लगानीकर्ताहरु बैंकबाट निक्षेप झिक्दै सुनमा लगानी बढाइरहेका छन् । जसले गर्दा सुनको मूल्य बढेको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here