२५ ओटा निर्माण कम्पनीलाई सरकारले राख्यो कालो सूचीमा

काठमाडौं । २५ ओटा निर्माण कम्पनीलाई सरकाररले कालोसूचीमा राखेको छ । समयमै काम शुरु नगरेको तथा ठेक्का मात्रै हडप्नेलगायतका क्रियाकलाप गरेको भन्दै कालोसूचीमा राखिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ ।

कालोसूचीमा पर्ने अधिकांश कम्पनीलाई १ बर्षसम्म कुनै पनि प्रकारको ठेक्का लिन नपाउने गरी कारबाही गरिएको छ । साथै केहीलाई २ बर्षसम्म कालोसूचीमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here