यस वर्षदेखि सेतो मत्स्येन्द्रनाथको रथ पर्यटकलाई पनि तान्न दिने

काठमाडौं,३० फागुन । काठमाडौं महानगरपालिकाले यस वर्षदेखि सेतो मत्स्येन्द्रनाथको रथ पर्यटकलाई पनि तान्न दिने तयारी गरेको छ ।

काठमाडौंका जात्रा–पर्वलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न यो तयारी गरिँदैछ भने त्यसअघि यस विषयमा स्थानीय समुदाय र गुठीसँग छलफल गरिने छ ।

हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा काठमाडौंंको जमलबाट सुरु भएर चैत शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मत्स्येन्द्रनाथलाई उपत्यकावासीले वर्षा र सहकालका देवताका रूपमा पूजा गर्छन् । बुधबारदेखि रथ यात्रा सुरु हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here