काठमाडौं,३० फागुन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबार कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।
दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
कृषि विकास बैंकको गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने २ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि बैंकको नयाँ सेयरमूल्य २९३.१४ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट वितरण गर्ने २२ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि लघुवित्तको सेयर मूल्य ६६३.९३ रुपैयाँ कायम भएको छ ।
अब यही समायोजित मूल्यका आधारमा मंगलबार दुवै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ ।