दक्षिणकालीमा टिपरको ठक्करबाट युवकको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–२, ग्वालदहमा टिपरको ठक्करबाट नुवाकोटको बेलकोटगढी नगरपालिका–१ का २४ वर्षीय सन्दीप तामाङको मृत्यु भएको छ ।

हिजो साँझ करिब ६ बजे वाग्मती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनिटिपरले ‘ब्याक’ गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा सोमबारै साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here