अमेरिकन नागरिकलाई ठगीको आरोप लागेका पृथ्वी शाहसहितलाई थुनामा राख्न आदेश

काठमाडौं। शंकास्पद धन नेपाल भित्राएएका पृथ्वीबहादुर शाह र उनका भाईलाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ । ठगीको अरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो । जिल्ला अदालत काठमाडौंले सोमवार उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो।

उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा र डिल्लीबजार कारागार लगिएको छ। प्रहरीले शाह र उनको समूहविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर र सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाएको छ।

प्रहरीले शाहसँगै २० जनालाई प्रतिवादी बनाएकोमा हालसम्म ७ जना पक्राउ परेका छन् । अन्यको भने खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । अभियुक्त मनिला तामाङ भने ५० हजार धरौटीमा रिहा भएकी छिन्।

शाहविरुद्ध ५६ जना अमेरिकी नागरिकसँग ठगीको आरोप लागेको थियो । उनीविरुद्ध प्रहरीमा २४ जनाले उजुरी दिएका थिए। २४ जनासँग उनले २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको प्रहरीले जनाएको छ।

शाहले ठगी गरि ‘स्विफ्ट’ मार्फत अमेरिकी डलर, ब्रिटिश पाउन्ड र क्यानेडियन डलर नेपालमा पठाएको तथा सो रकम नेपालका बैंकहरुमा डिपोजिट गरेका थिए ।

उनको ठगीमा पर्ने सबैजना अमेरिकी नागरिक रहेको प्रहरीले जनाएको छ। ठगी गरि ल्याइएको रकमबाट उनले नेपालमा नक्कली कम्पनी, घरजग्ग तथा बीमामा लगानी गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here