वालेट प्रयोगकर्ता १ करोड ६१ लाख नाघे

काठमाडौं । डिजिटल बैंकिङ प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको सार्वजनिक तथ्यांक अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार गर्ने प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड ६१ लाख २६ हजार ४३३ पुगेको छ ।

पुसमा यो संख्या १ करोड ५९ लाख ६२ हजार ९०७ थियो । कनेक्ट आइपीएस प्रयोग गर्नेहरुको संख्या १० लाख २२ हजार २७१ पुगेको छ ।

त्यस्तै तथ्याङ्कको पछिल्लो अपडेट अनुसार देशभरबाट २ करोड ३६ हजार ५२४ सय जनाले मोबाइल बैंकिङ लिएका छन् ।

एकै व्यक्तिका नाममा धेरैवटा बैंक अकाउन्ट हुन सक्ने भएकाले धेरै देखिएको हो ।

डेविट कार्डबाट प्रयोगकर्ताको संख्या १ करोड २३ लाख हजार ५ हजार ५०६ पुगेको छ । क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २ लाख ७८ हजार ३२३ पुगेको छ ।

पछिल्लो समय एटीएम, डेविट कार्ड, क्रेडिट कार्ड, आरटिजिएस, इसीसी, आइपिएस र कनेक्ट आइपीएसबाट हुने कारोबारको रकम तथा संख्या समेत ह्वात्तै बढेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here