महासंघको चुनावका लागि अञ्जन श्रेष्ठको प्यानलमा सुमार्गी, श्रेष्ठ र प्रधान

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आशन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रँदै गरेका अञ्जन श्रेष्ठले अन्य उपाध्यक्षहरुसहितको टीम तयार गरेका छन् ।

यही चैत्र २८, २९ र ३० गते काठमाडौंमा हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाबाट अञ्जन श्रेष्ठको टीमका अन्य सारथीहरुमा जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान निर्वाचनमा लड्ने तयारी भइसकेको छ ।

यही चैत २८ र २९ मा हुने महासंघको साधरण सभा निर्वाचनले वरिष्ठ उपाध्यक्षसहित सम्पूर्ण पदाधिकारी चयन गर्नेछ । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । सो अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघको अध्यक्ष बन्नेछन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठ विगत ३ दशकदेखि उद्योग व्यवसायमा संलग्न छन् भने २० वर्षदेखि महासंघमा आबद्ध छन् । उनीसँग महासंघमा रहने विभिन्न उद्योग, राजस्व समिति र रोजगारदाता परिषदमा बसेर काम गरेको अनुभव छ ।

श्रेष्ठ लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक हुन् । लक्ष्मी ग्रुप नेपालको ठूलोमध्येको एक व्यावसायिक घराना हो। उनको अटोमोबाइल, खाद्यान्न, डण्डी, डेरी, उत्पादनमूलक, बैंक तथा वित्तीय संस्था लगायत क्षेत्रमा लगानी छ ।

श्रेष्ठको लगानी रहेका मुख्य उद्योगहरू सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरी, लक्ष्मी ट्रेडिङ, जैमा इन्टरकन्टिनेन्टल लगायत हुन् । आगामी दिनमा पर्यटन क्षेत्रमा पनि लगानी गर्ने उनको तयारी छ ।

यस अघि हाल जिल्ला नगरको उपाध्यक्ष रहेका दिनेश श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्षमा दाबेदारी दिने तयारी गरेकोमा हाल उमेशलाल श्रेष्ठलाई सघाउने वा उमेशलाल श्रेष्ठको सहयोगमा आफु अघि बढ्ने भन्ने कसरत गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here