एलिट क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरको लाइसेन्स पाएको छ ।

बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुधार एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई मर्चेन्ट बैंकरको हस्तान्तरण गरेका हुन् ।

धितोपत्र बोर्डका अनुसार एलिटले कान्छो मर्चेन्ट बैंकरको रूपमा लाइसेन्स पाएको हो ।

यो संस्था पुँजीबजारमा सक्रिय लगानीकर्ता र गैरआवासीय नेपालीको लगानीमा स्थापित भएको हो ।

एलिटको हालको पुँजी २२ करोड ५० लाख रुपैयाँ छ। नेपालमा मर्चेन्ट बैंकको लाइसेन्स पाउने संस्था ३९ वटा थिए। एलिट थपिएको हो।

एलिट क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरिसकेको छ । सोही स्थानबाट व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, धितोपत्र प्रत्याभूति (अण्डरराईटिङ) र डिपी सेवा समेत दिने क्यापिटलले जनाएको छ ।

२२ करोड ५० लाख पूँजी रहेको क्यापिटलले थप प्रक्रिया पूरा गरेर निकट भविष्यमै प्राईभेट इक्विटी तथा भेन्चर क्यापिटल र म्युचुअल फण्डको समेत व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

व्यवसायिक व्यक्ति तथा संस्थाहरूको लगानी र दक्ष व्यवस्थापनमार्फत कारोवार सुरू गरेको एलिट क्यापिटलले बजारमा चलिरहेको भन्दा आकर्षक स्कीमहरू ल्याउने जनाएको छ ।

हाल संचालनमा रहेका ३९ वटा मर्चेन्ट बैंकरहरूमध्ये यो पछिल्लोपटक स्थापना भएको मर्चेन्ट बैंकर हो । बोर्डले लामो समयदेखि मर्चेन्ट बैंकरको लाइसेन्स दिएको थिएन । संचालनमा रहेका मर्चेन्ट बैंकरहरूमध्ये झण्डै एक दर्जन क्यापिटल मर्जर वा खारेजीमा गैसकेका वा जाने क्रममा छ ।

नेपालमा मर्चेन्ट बैंकरको संख्या घट्दो क्रममा रहेको सन्दर्भमा एलिट क्यापिटलले पूर्ण व्यवसायिक सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here