एनएमबी बैंकद्धारा क्रिकेट खेलाडीलाई नजही २१ हजार रुपैयाँ दिने घोषणा

काठमाडौं । एनएमबि बैंकले नेपाली टिमका १६ जना क्रिकेट खेलाडीलाई २१ हजार रुपैयाँ दिने घोषणा गरेको छ। विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै हौसल्ला स्वरुप घोषणा गरिएकोहो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रको गौरव रहेको र उनीहरुको मनोबल उच्च राख्न सकेमा खेलाडी र खेलकुद जगतको प्रगति हुने बताए।

साथै उनले नगद पुरस्कारले खेलाडीहरुलाई अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।

पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंक खाता खोलेर खातामार्फत नै हस्तान्तरण गरिने बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here