जथाभावी सडकमा माटो खसाल्नेलाई कारबाही

काठमाडौं । घर तथा भवन बनाउने क्रममा खनिएको माटो सडकमा खसालेर नगर प्रदूषित बनाएको भन्दै ललितपुर महानगरपालिकाले निर्माण कम्पनीलाई कारबाही गरेको छ ।

महानगरपालिका यसअघि नै सडकमा माटो नखसाल्न, खसालेमा तत्काल उठाउन आग्रह गर्दै सूचना सार्वजनिक गरेको थियो ।

निर्माण कम्पनीले रातिको समयमा माटो बाहिर पठाउने गरेको र त्यहाँबाट निस्कने ट्रकले माटो खसाल्दा सडकमा धुलो-हिलो बढेकाले कारबाही गरेको महानगरले जनाएको छ ।

रातीको समयमा ललितपुरको पुल्चोक, जावलाखेल, मानभवन, सातदोबाटोका सडकमा अन्य सवारीलाई असर गर्ने गरी माटो खसालिएको थियो।

सडकको धुलो बढार्न महानगरपालिकाले ब्रुमरको प्रयोग गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here