मानुषी र श्रृजनशील लघुवित्त मर्ज हुने, हैसियत समान

काठमाडौं । श्रृजनशील लघुवित्त र मानुषी लघुवित्तबीच आपसमा मर्जर तथा प्राप्तिको सम्झौता भएको छ । यी दुई लघुवित्तले चैत ३ गते शुक्रबार समान स्वाप रेसियोमा आपसमा मर्जर हुने सम्झौता गरेका हुन् ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त आपसमा मर्जर भएर मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार गर्ने सहमति भएको छ ।

सम्झौतापत्रमा श्रृजनशील लघुवित्तका अध्यक्ष राजकुमार श्रेष्ठ र मानुषी लघुवित्तका अध्यक्ष पद्माशना शाक्यले हस्ताक्षर गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here