काठमाडौंसहित पहाडी क्षेत्रमा आजपनि पानी पर्ने

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा आज (शनिबार) पनि पानी पर्ने सम्भावना छ। अहिले पनि पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ।

दिउँसो पहाडी केही क्षेत्र तथा तराईका थोरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार हल्का देखि मध्यम र सोमबार मधेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।

चैत ४ गते (शनिबार)

दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चैत ५ गते (आइतबार)

दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चैत ६ गते (सोमबार)

दिउँसोː देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here