मौसमजन्य तत्वहरू सक्रिय, अझै केही दिन हावाहुरी र चट्याङको जोखिम

काठमाडौं । अहिले मनसुनजन्य वातावरण निर्माणका लागि आकाशमण्डलमा त्यस्तै मौसमजन्य तत्वहरू सक्रिय छन्।

हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच सङ्घर्ष चल्ने गर्छ। काठमाडौँ उपत्यकासहित पूर्व तथा पश्चिम नेपालका पहाडी भेग मेघ गर्जन र चट्याङका हिसाबले जोखिमयुक्त क्षेत्र हुन्।

हाल देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केहि भू-भागहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ।

चैत ५ गते (आइतबार)

दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चैत ६ गते (सोमबार)

दिउँसोː देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केहि स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केहि स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चैत ७ गते (मंगलबार)

दिउँसोː देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशको पहाडी भू-भागहरुका धेरै स्थानहरू तथा तराई भेगका केहि स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/ हावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग तथा हावा हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here