सरकारी मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका-२ घर भएका ३४ वर्षीय बुद्धराज तिमिल्सिनाको मृत्यु भएको छ।

धादिङ धुनिबेशी नगरपालिकाको बागमती प्रदेश ०२-००१ व २२४७ नम्बरको मोटरसाइकलले साइकल चालकलाई ठक्कर दिएको हो।

मोटरसाइकल चालक धुनिबेशी नगरपालिका-७का ३८ वर्षीय तुलसीराम गिरी घाइते छन्। उनी उक्त नगरपालिकामा कार्यरत कर्मचारी हुन्। उनको बिएन्डबी अस्पतालमा उपचारपछि थप उपचारको लागि ट्रमा सेन्टर रिफर गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here