झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)६.९० अंकले घटेर १९२६.४० विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५९ कम्पनीको १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँ बराबरको ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ उपसमूहको परिसूचक घटेको छ भने ५ को बढेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । विहीवार १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

घट्दो बजारमा तीन कम्पनीको मुल्यमा पोजेटिभ सर्किट लागेको छ । युनिक नेपाल, मानुषी लघुवित्त र शुभम पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here