विराटनगर तनावग्रस्त, प्रदेश नामकरणविरुद्ध उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं । कोशी प्रदेश नामकरणको विरोधमा आज भएको विरोधसभामा प्रहरी र प्रदर्शनकारीबीचमा झडप भएको छ ।

कोशी नामकरणको विरोधमा पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीको भिड अनियन्त्रित भएर मुख्यमन्त्री कार्यालयतिर ढुङ्गामुडा गर्दै अघि बढेपछि विराटनगरको रोडशेष चोकमा झडप भएको हो ।

नामकरणप्रति असन्तुष्टि जनाउँदै पुन: नामकरणको माग गर्दै प्रदर्शनमा उत्रिएकाकाले प्रहरीलाई लक्षित गरी इँटा, बोतलहरू प्रदर्शनकारीले प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरेको छ।

पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेकाले प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो।

प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here