पाँचजना डीआइजी एआइजीमा बढुवा

काठमाडौं । मन्त्रिपरिषद बैठकले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरूलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले केही दिनअघि गृह मन्त्रालयले गरेको सिफारिस सदर गर्ने निर्णय गरेको हो।

डीआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरिएको हो।

हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११ चैतबाट अनिवार्य अवकाश पाउँदैछन् । पाँचजनामध्ये महानिरीक्षकको दौडमा बसन्तबहादुर कुँवर अगाडी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here