सुपरमाई र माया खोला हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत, ओपनरेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा सोमबार सुपर माइ हाइड्रोपावर र मायाखेला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

नेप्सेका अनुसार सुपर माइको ५० लाख कित्ता सेयर सूचीकरण भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १३०.७६ रुपैयाँदेखि अधिकतम ३९२.२८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । SMH संकेत चिह्नमा यसको कारोबार खुला हुनेछ ।

यस्तै, मायाखेला हाइड्रोपावरको १ करोड कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले ८८.५३ रुपैयाँदेखि अधिकतम २६५.५९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले MKHC संकेत चिह्न प्रदान गरेको छ ।

नेप्सेमा सूचीकरण भएसँगै दुवै मंगलबारदेखि दुवै कम्पनीको सेयर कारोबारमा आउने छ । यद्यपि, भोलि प्रिओपन सेसनमा कारोबार हुन नसके नियमित सेसनमा कारोबारमा आउने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here