आईएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउने सम्झौता

काठमाडौं । नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक बिक्रेता आईएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बुधबार एक कार्यक्रमबीच सम्झौता पत्रमा आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिक र बैंकका कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरे ।

सो अफर अन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्ने बताइएको छ ।

अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here