सीएनआईको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन । सीएनआईको गभर्निङ काउन्सिल बैठकबाट अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत मनोनयन भएका हुन् । ।

सीएनआईमा वरिष्ठ उपाध्यक्ष नै स्वतःअध्यक्ष हुने व्यवस्था छ । जसअनुसार हालका अध्यक्ष विष्णुकुमार अग्रवाल पछि राजेश अग्रवाल स्वतः सीएनआईको अध्यक्ष बन्न सक्नेछन् ।

विष्णु अग्रवालको दुई वर्षे कार्यकाल आगामी साउनका सकिँदै छ । उनीपछि राजेश अग्रवालले सीएनआईको अध्यक्षता लिने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here