सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजबाट

काठमाडौं, ९ चैत । मर्जरमा गएका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजबाट सुरु हुँदैछ । दुई कम्पनीबीच मर्जर सम्पन्न भएकाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो ।

कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा छ । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृती प्रदान गरेको थियो ।

यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले मर्जर हुने अन्तिम दिनसम्म कायम सबै सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनी सानिमा रिलायन्स लाइफले सकार्ने गरी फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो । यी दुई कम्पनी १ः१ को स्वाप रेसियोमा मर्जरमा गएका थिए ।

मर्जर अघिसम्म रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ थियो । मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here