फेरी बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

फाइलफोटो

काठमाडौ । बिहीबार स्थानिय बजारमा सुनको भाउ तोलाको १२ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । बुधबार सुन तोलाको २ हजार रुपैयाँले घटेको थियो ।

यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन हिजो १ लाख ९ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीमा २५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

केही दिनदेखि सुनको भाउ उकालो लाग्ने र फेरी घट्ने प्रक्रियामा छ । अमेरिकाको सिलिकन भ्याली बैंक संकटमा परेपछी सुनमा लगानी गर्नेहरुको संख्या बढेको थियो । त्यसले गर्दा सुनको भाउ पनि बढेको हो ।

बुधबार प्रतिऔंस १९३९.०३ डलरमा रहेको सुन बिहीबार बढ्दै प्रतिऔंस १८७७.६६ डलर पुगेको छ। चाँदी प्रतिऔंस २२.३५ डलरबाट बढेर २२.९९ डलरमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here