यू२० महिला एसियन कपको दोश्रो चरणमा नेपाल समूह बी मा

काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार यू२० महिला एसियन कपको दोश्रो चरणमा नेपाल समूह बी मा परेको छ । नेपाल र चीन, म्यानमार र चाइनिज ताइपेई ‘समूह बी’मा परेको हो ।

प्यलेस्टाइनमा भएको पहिलो चरणको छनोटमा नेपाल समूह बी को विजेता बनेर दोस्रो चरणको छनोटमा स्थान बनाएको हो। बरीयतामा भने चीन र म्यानमार नेपाल भन्दा माथिल्लो वरीयता छ ।

पहिलो चरणबाट समूह विजेता बन्दै आएका ८ टिमलाई दोस्रो चरणमा दुई समूह्यमा विभाजन गरिएको छ । समूह ए मा अष्ट्रेलिया, भियतनामा, इरान र लेवानान छन् ।

दुवै समूहको शीर्ष दुईमा रहने टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने यू२० महिला एसिनय कपमा छनोट हुनेछन् । त्यसका लागि नेपालले आफ्नो समूहमा कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ ।

दोस्रो चरणको छनोट खेलहरु आगामी जुन ३ देखि १३ सम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here