ओरालो लाग्यो सेयर बजार, किन देखिए लगानीकर्ता निरास ?

काठमाडौं । बिहीबार नेप्से परिसुचक ० दशमलब ९४ प्रतिशतले घटेको छ । आज नेप्से १८ दशमलव१५ अंकले ओरालो लागेर १९१५ दशमलव १४ अंकमा बन्द भएको हो । बजारमा सबै उपसूचकमा गिरावट आउदा सेयर बजार घटेको देखिन्छ ।

बिहीबार नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार आएको छ ।

मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको बजारमा बिहीबार बढेर कारोबार १ अर्ब ४१ करोड ३२ लाख पुगेको छ । आज कुल २९ हजार ६८५ वटा कारोबारमा ४३ लाख ४० हजार २७० कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ ।

बिहीबार बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको करिब २१ करोड ७५ लाखको कारोबार हुँदा सिद्धार्थ बैंकको ८ करोड ३६ लाखको कारोबार भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछी गरिने भनिएको मन्त्रिपरिषद् बिस्तार नभएकोले बजारमा नकारात्मक प्रभाव देखिएको सेयर विज्ञहरु बताउछन् ।
प्रधानमन्त्री प्रचण्डले दोश्रो पटक विश्वासको मत पाएपछी उकालो लागेको सेयर बजार फेरी ओरालो लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here